विभागिय टाेली सशस्त्र प्रहरी बलकाे एपीएफ फुटबल क्लबले राष्ट्रिय लिगलाई लक्षित गर्दै मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियुक्त गरेको छ ।

क्लबले सामाजिक सञ्जालमार्फत बिहिवार तामाङलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

अनुभवी प्रशिक्षक तामाङको आगमनसँगै एपीएफले राष्ट्रिय लिगमा अझ मजबुत प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । 

राष्ट्रिय लिग पुस २५ बाट सुरु हुँदैछ । प्रतियोगितामा शीर्ष डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएका चारगरि कूल १७ टोलीको सहभागिता रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *