म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा टोटनह्याममाथि कठिन जित निकालेको छ ।
बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले टोटनह्याममाथि १-० को कठिन जित निकालेको हो ।
टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली सिटीलाई जित दिलाउन एर्लिङ हालान्डले निर्णायक गोल गरे । उनले खेलको १२औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै २७ खेलमा ४७ अंक जोडेको सिटी पुन: चौथो स्थानमा उक्लिएको छ । पराजित टोटनह्याम समान खेलबाट ३३ अंकका साथ १३औ स्थानमा रहेको छ ।
