रियल मड्रिडले कोपा डेल रे अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जित हात पारेको छ ।
बुधबार राति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई १-० गोलअन्तरले पराजित गरेको हो ।
रियल सोसिडाडको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली रियल मड्रिडलाई जित दिलाउन एन्ड्रिकले निर्णायक गोल गरे । उनले खेल १९औं मिनेटमा गोल गरेका हुन् ।
अब दोस्रो लेग अप्रिल २ मा रियल मड्रिडको घरेलु मैदानमा हुनेछ ।
यसअघि सम्पन्न अर्को सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रीडले ४-४ गोलको बराबरी खेलेका थिए ।
