काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङमाथि उनको कार्यालयमै भएको दुर्व्यवहार र तोडफोडप्रति ३४ राष्ट्रिय खेल संघले भर्त्सना गरेका छन् ।
३४ खेल संघका अध्यक्ष तथा महासचिवले शनिबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै सदस्य सचिवको कार्यालयमा भएको हुलहुज्ञ्जत र तोडफोडप्रति भर्त्सना गरेका हुन्।
विज्ञप्तिमा हस्ताक्षर गर्दै सबै खेल संघले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग समेत गरेका छन् ।
‘सदस्य सचिवको कार्यकक्षमा केही अराजक व्यक्तिहरू प्रवेश गरी अभद्र व्यवहार तथा गालीगलौच गर्दै राज्यको सम्पत्ति तोडफोड गरेको घटनाको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ। यसरी नेपाली खेलकुदको सर्वोच्च निकायमा भएको अराजक गतिविधिको राष्ट्रिय खेल संघहरु घोर भर्त्सना गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल उसु महासंघले राखेपका सदस्यसचिव घिसिङलाई शुक्रबार ज्ञापनपत्र बुझाउने क्रममा केही व्यक्ति अराजक शैलीमा प्रस्तुत हुँदै सदस्यसचिवको कार्यालयमा तोडफोड समेत गरेका थिए ।
३४ राष्ट्रिय खेल संघको संयुक्त विज्ञप्तिः

