काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा उत्श्रृंखल गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

यही माघ २५ गते केही अराजक समूहले राखेपका सदस्य सचिव टंकलाल घिसिङको कार्यकक्षमा गरेको अभद्र व्यवहारका विषयमा बोल्दै मन्त्री चौधरीले जो कोही भए पनि कानूनी कारवाही गराई छाड्ने प्रतिवद्धता जनाएका छन्

उक्त घटनाका विषयमा जानकारी लिन परिषद् पुगेका मन्त्री चौधरीले खेलकुद अनुशासनको पर्याय हो भन्दै चित्त नबुझेका विषयमा छलफल गर्न सकिने तर बोर्डले गरेका निर्णय कार्यान्वयन गर्ने र गराउन आफु पछि नहट्ने समेत बताए।

सोही अवसरमा मन्त्री चौधरीसँगै राखेपका उपाध्यक्ष धुर्व आचार्यको पनि उपस्थिति रहेको थियो । आचार्यले गलत क्रियाकलाप गर्नेहरुलाई नियमानुसार कारवाही हुनु पर्ने बताए ।

त्यस अवसरमा परिषद्‌का विभिन्न विभागीय प्रमुखहरुका तर्फबाट उत्श्रृंखल क्रियाालाप गर्ने व्यक्तीलाई कारवाही गराउन आवश्यक पहल गत्न मन्त्री चौधरीलाई ज्ञापन पत्र समेत बुझाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *