त्रिज्योति क्वाटरफाइनलमा

२०८३, १० मंसिर बुधबार २२:१८

काठमाडौं । त्रिज्योति १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

हात्तीगौडास्थित आयोजक टीआईएको कोर्टमा त्रिज्योतिले इम्पेरियल वल्र्ड स्कुललाई ३२–१२ ले पराजित गर्यो । त्रिज्योतिकी सोनी लामाले १६ अंक जोडिन् । योसंगै क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

क्वाटरफाइनल त्रिज्योति र बौद्ध चिल्ड्रेन हेभन, मातृभूमि र चेल्सी वल्र्ड स्कुल, भ्याली पब्लिक र विल्सन एकेडेमी तथा रिब्स र निम्सबीच हुनेछ । सिनियर ब्वाइज प्रिक्वाटरफाइनल समीकरण तयार भएको छ ।

प्रिक्वाटरफाइनल निम्स र बीएमसीए, काठमाडौं जेभियर्स र ग्रिनल्यान्ड, मातृभूमि र टीआई ‘ए’, त्रिज्योति र एलआरआई, ज्ञान निकेतन र विल्सन, हेम्स र हेराल्ड, मार्वलस र गण्डकी तथा भ्याली पब्लिक र स्किब्सबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *