काठमाडौं । आयोजक भ्याली पब्लिक र न्युटन २० औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनलमा भ्याली पब्लिकको भेट गोल्डेनपिकसंग हुनेछ भने न्युटनले डाफोडिलको सामना गर्ने छ ।

जुनियर ब्वाइजको सेमिफाइनलमा गण्डकीले फेरिल्यान्ड तथा एन्जल्स हार्टले जेबी स्कुल विरुद्ध प्रतिस्पर्धा गर्ने छन् । सिनियर गर्ल्सको सेमिफाइनल भ्याली पब्लिक र डाफोडिल तथा केभीकेएसएस र इडेन ब्रिज एकेडेमीबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *