साउदी प्रो लिगमा मंगलवार अल नासरले अल वेहदा एफसीलाई २-० ले पराजित गरेको छ ।
अल वेहदाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली अल नासरलाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै अल नासरले अग्रता लियो । ४८औं मिनेटमा अल नासरका कप्तान रोनाल्डोले गोल गरे ।
इन्जुरी समयको अन्तिम मिनेटमा मानेले पेनाल्टीमार्फत गोल गर्दै अल नासरको जित पक्का गरे ।
जितसँगै अल नासर २२ खेलमा ४७ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । अल इत्तिहाद २१ खेलमा ५५ अंकका साथ शीर्ष स्थानमा छ । अल वेहदा २२ खेलमा १३ अंकका साथ रेलिगेसन क्षेत्रमा छ ।
