इन्टर मिलान इटालियन कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इन्टरले घरेलु मैदानमा सिरी ‘ए’ प्रतिद्वन्दी लाजियोलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

घरेलु मैदान सान सिएरोमा मंगलबार राति भएको क्वाटरफाइनलमा इन्टरलाई जिताउन मार्को अर्नाउटोभिच र हाकान काल्हानोग्लुले गोल गरे ।

खेलको ३९औं मिनेटमा अर्नाउटोभिचको गोलमा इन्टरले सुरुवाती अग्रता लिएको थियो । ७७औं मिनेटमा काल्हानोग्लुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई २–० को जित दिलाए ।

अब सेमिफाइनलमा इन्टरले अर्को सिरी ‘ए’ प्रतिद्वन्दी एसी मिलानको सामना गर्नेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *