इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शानदार जित निकालेको छ ।

मंंगलबार राति भएको खेलमा चेल्सीले साउथम्पटनलाई ४-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि क्रिस्टोफर एनकुकु, पेड्रो नेटो, लेवी कोल्विल र मार्क कुकुरेलाले गोल गरे ।

खेलको २४औं मिनेटमा एनकुकुको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । ३६औं मिनेटमा नेटोले टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको अन्तिम समयमा कोल्विलले टोलीका लागि तेस्रो गोल गरे । ७८औं मिनेटमा कुकुरेलाले गोल गर्दै चेल्सीलाई ४-० को सानदार जित दिलाए ।

जितसँगै २७ खेलमा ४६ अंक जोडेको चेल्सी चौथो स्थानमा उक्लिएको छ । पराजित साउथह्याम्पटन समान खेलबाट ९ अंकका साथ पुछारमा छ ।

लिगअन्तर्गत मंगलबारै सम्पन्न अन्य खेलमा ब्राइटनले बर्नमाउथलाई २-१, क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ४-१ र फुलह्यामले वुल्भ्सलाई २-१ गोलले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *