पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल) मा दोस्रो दिन शनिबार दुईवटा खेल हुँदै छन् । दुवै खेल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
पहिलो खेलमा ५:३० बजे विराटनगर ब्यान्डिट्स र धनगढी वाइल्डक्याट्स भिड्ने छन् । यसैगरी हिमालयन रेइडर्स र जनकपुर नाइट्सको खेल ६:३० बजे सुरु हुने छ ।
शुक्रबार भएको उद्घाटन खेलमा काठमाडौं माभरिक्सले पोखरा लेकर्सले ४२–४१ ले हराएको थियो ।
माघ १८ गतेसम्म सञ्चालन हुने कबड्डीको फ्रेन्चाइज लिगमा ६ टोली सहभागी छन् । राउण्ड रोबिन लिग र नकआउटमा गरी कुल १९ खेल हुने लिगका शीर्ष चार टिम नकआउट चरणमा प्रवेश गर्नेछन् ।
