फेन्सिङ टोली भारत जाने

२०८३, १ असार सोमबार १८:२९

काठमाडौं । एसियाली फेन्सिङ च्याम्पियनसिपमा सहभागी हुन १६ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली मंगलबार भारतको दिल्ली जाने भएको छ ।

जुन १८ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले फोयल र इपी स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले जनाएका छन् ।

फोयलको पुरुषमा ज्ञानेन्द्र तिमिल्सिना, अनुप भण्डारी, बुद्धिष्टबहादुर लामा र भुवन मल्लिक तथा महिलामा अनिता अधिकारी, मनीषा श्रेष्ठ, उर्मिला माझी र सोफिया चन्दले प्रतिस्पर्धा गर्ने छन् ।

इपीको पुरुषमा सोयबमान श्रेष्ठ, जंग गिरी, प्रशान्त तामाङ र सुकीराम तामाङ तथा महिला अनिता कार्की, माया चौधरी, पुजनकुमारी कुमाल र कृपा गुरुङले खेल्ने छन् ।

मुख्य प्रशिक्षकमा ओमकार सिंह, प्रशिक्षकमा राजेन्द्र गजुरेल र व्यवस्थापकमा अलिसा अधिकारी छन् । सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा हासिल गरेको उपलब्धीलाई मध्यनजर गरी खेलाडी छनोट गरिएको महासचिव श्रेष्ठले बताए ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंह र राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *