विराटनगर । जिपी कोइराला स्पोर्ट्स एकेडमीको आयोजनामा भएको “दोस्रो जिपी कोइराला अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता–२०८३” भव्य रूपमा सम्पन्न भएको छ । विराटनगरस्थित सहिद मैदान पूर्वमा रहेको टेबल टेनिस हलमा आयोजित उक्त प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।
प्रतियोगितामा कुल ६ वटा विधा (इभेन्ट) मा १८ वटा विद्यालयका २२० जना खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । क्याडेट, सब-जुनियर र जुनियर विधामा छात्र तथा छात्रातर्फ भएको प्रतिस्पर्धाको अन्तिम नतिजा यस प्रकार रहेको छ:
प्रतियोगिताको विस्तृत नतिजा
१. क्याडेट गर्ल्स सिंगल्स (कक्षा ५ सम्म)
- प्रथम: तक्ष्वी धनावत (पिटर प्यान प्ले पेन स्कुल)
- द्वितीय: आरोही झा (अरनिको स्कुल)
- तृतीय (संयुक्त): रोलिशा चौहान (अरनिको स्कुल) र आरोही साह (डिएभी स्कुल)
२. क्याडेट ब्वाइज सिंगल्स (कक्षा ५ सम्म)
- प्रथम: नीर जंग थापा (पिटर प्यान प्ले पेन स्कुल)
- द्वितीय: आभाष लामिछाने (बुढानिलकण्ठ स्कुल)
- तृतीय (संयुक्त): आरुष पोखरेल (बुढानिलकण्ठ स्कुल) र रुद्रान्स सुलभ सापकोटा (श्री श्री रविशंकर स्कुल)
३. सब-जुनियर गर्ल्स सिंगल्स (कक्षा ६–७)
- प्रथम: प्राप्ति सेढाई (श्री श्री रविशंकर स्कुल)
- द्वितीय: रोशिका घिमिरे (बिकेभिएम स्कुल)
- तृतीय (संयुक्त): स्वर्णिमा कोइराला (अरनिको स्कुल) र साइना अधिकारी (अरनिको स्कुल)
४. सब-जुनियर ब्वाइज सिंगल्स (कक्षा ६–७)
- प्रथम: आदर्श गुप्ता (डिपिएस विराटनगर)
- द्वितीय: रक्ष बुढा (जनता नमुना मावि)
- तृतीय (संयुक्त): अध्ययन कोइराला (लिलिपुट स्कुल) र आरोन श्रेष्ठ (सगरमाथा स्कुल)
५. जुनियर गर्ल्स सिंगल्स (कक्षा ८–१० सम्म)
- प्रथम: कृपा पोखरेल (एभरेष्ट स्कुल)
- द्वितीय: स्वस्तिका चौधरी (श्री श्री रविशंकर स्कुल)
- तृतीय (संयुक्त): मानसी तामाङ (बुढानिलकण्ठ स्कुल) र आकृती मगर (बुढानिलकण्ठ स्कुल)
६. जुनियर ब्वाइज सिंगल्स (कक्षा ८–१० सम्म)
- प्रथम: श्रीजल प्याकुरेल (लिलिपुट स्कुल)
- द्वितीय: सक्षम बस्नेत (मार्टर्स मेमोरियल स्कुल)
- तृतीय (संयुक्त): विवान अग्रवाल (डिएभी स्कुल) र आयान श्रेष्ठ (बुढानिलकण्ठ स्कुल)
पुरस्कार तथा ट्रफी वितरण
प्रतियोगिताको समापन समारोहमा विजयी खेलाडीहरूलाई सिल्ड, मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री गुरुराज घिमिरे, कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष वसन्त राज अर्याल, जिपी कोइराला स्पोर्ट्स एकेडमीका अध्यक्ष रन्जन थापा, कोशी हक्की संघका अध्यक्ष जीवन तिमल्सिना, तथा नेपाली कांग्रेस मोरङ खेलकुद विभाग प्रमुख प्रकाश दाहाल लगायतका अतिथिहरूले विजेता खेलाडीहरूलाई पुरस्कार तथा बधाई ज्ञापन गर्नुभएको थियो ।
