विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको हिसान मोरङ स्पोर्ट्स मिट अन्तर्गत पुरुष फुटबलमा पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्याण्ड विजयी भएका छन् ।

विराटनगरस्थित सहिद रंगशालामा बिहिबार सम्पन्न फुटबलको पहिलो खेलमा कान्तिपुर कलेजले विकेभिएम स्कुललाई पेनाल्टीसुट आउटमा ४-३ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिम गोलरहित बराबरी खेले पछि खेलको निणर्य पेनाल्टी सुटआउटबाट भएको हो । खेलको प्लेयर अफ द म्याच कान्तिपुरका भरत चौधरी (राजन) घोषित भए ।

दोस्रो खेलमा जेभियर्स स्कुलले अरनिको कलेजलाई ४-० गोलको अन्तरले पराजित गरेको छ । जेभियर्सका प्लेयर अफ द म्याच आकाश विकले २ गोल तथा आर्या त्रिखत्री र सुमित साहले १-१ गोल गरे ।

तेस्रो खेलमा ग्यालेक्सि पब्लिक स्कुलले ग्रामथानको बुद्ध कलेजलाई २-१ को गोल अन्तरले पराजित गरेको छ । ग्यालेक्सिको जितमा प्लेयर अफ द म्याच सुजन सरदार र दिपककुमार चौधरीले १-१ गाले गरे भने बुद्धका गणेशकुमार थारुले १ गेल फर्काए ।

आजै वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा साविक विजेता कान्तिपुर कलेजले भानु कलेजलाई ३४ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित १० ओभरमा ३ विकेट गुमाई ७९ रन बनाएको थियो । कान्तिपुरमा प्लेयर अफ म्याच क्रितिक कामतले सर्वाधिक ३३ रन बनाए। भानुका हरेराम सिंह र रोहन शर्माले १-१ विकेट लिए ।

जवाफमा ८० रनको चुनौती पाएको भानुले ९ दशमलव २ बलमा सवै विकेट गुमाई ४५ रनमा सिमित भयो। भानुका सुजित महतोले सर्वाधिक १० रनको योगदान दिए। कान्तिपुरका खेमराज हमाल र अरविन्द मण्डलले ३-३ विकेट लिए ।

दोस्रो खेलमा म्रिल्याण्ड कलेजले सगरमाथा कलेजलाई ५७ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको मेरिल्याण्डले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ३ बलमा सवै विकेट गुमाई ९७ रन बनाएको थियो । मेरिल्याण्डका महमद अलीले सर्वाधिक २१ रनको योगदान दिए । सगरमाथाका आयुस कार्की, ब्रहमदेव यादव र प्रियान्सु गोसाईले २-२ विकेट लिए ।

जवाफमा ९८ रनको चुनौती पाएको सगरमाथाले ८ दशमलव १ बलमा सवै विकेट गुमाई ४० रनमा सिमित भयो । सगरमाथाले अचिरिक्त १८ रनबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । मेरिल्याण्डका प्लेयर अफ म्याच आयुस साहले २ दशमलव १ बलमा ६ विकेट लिए ।

एक साता सम्म चल्ने स्पोर्ट्स मिटअन्तर्गत फुटबल, भलिबल, टेबल टेनिस (सिङ्गल र डबल), लामो तथा छोटो दुरीको दौड, पुरुष क्रिकेट, बास्केटबल एवं कबड्डीका खेलहरु हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *