विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको हिसान मोरङ स्पोर्ट्स मिट अन्तर्गत पुरुष फुटबलमा सेन्टजोसेफ, रेड स्टार र ग्यालेक्सि, क्रिकेटमा ग्रिनल्याड र सेन्टजोसेफ तथा कवड्डीमा विराट क्याम्पस, मोडर्न एरा, ग्रिनल्याण्ड र शिक्षादिप कलेज विजयी भएका छन् ।
विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार सम्पन्न फुटबल खेलको पहिलो खेलमा सेन्ट जोसेफ कलेजले मोडर्न एरालाई पेनाल्टीसुट आउटमा ३-२ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिम २-२ गोलको बराबरी खेले पछि खेलको निणर्य पेनाल्टी सुटआउटबाट भएको हो । खेलको प्लेयर अफ द म्याच सेन्ट जोसेफका अमर साह घोषित भए ।
दोस्रो खेलमा रेडस्टार कलेजले मेरिल्याण्ड कलेजलाई पेनाल्टीसुट आउटमा ५-४ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिम १-१ गोलको बराबरी खेले पछि खेलको निणर्य पेनाल्टी सुटआउटबाट भएको हो। खेलको प्लेयर अफ द म्याच रेडस्टारका विजय गुरुङ घोषित भए ।
तेस्रो खेलमा ग्यालेक्सि पब्लिक स्कुलले शिक्षादिप कलेजलाई पेनाल्टीसुट आउटमा ४-३ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिम १-१ गोलको बराबरी खेले पछि खेलको निणर्य पेनाल्टी सुटआउटबाट भएको हो। खेलको प्लेयर अफ द म्याच ग्यालेक्सिका अपिल राई घोषित भए ।

आजै विराटनगरको बैजानाथपुरस्थित प्रस्तावित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा दुई बर्षपछि हिसान खेलमा फर्किएको ग्रिनल्याण्ड कलेजले प्रतियोगिताको दावेदार अर्किड कलेजलाई १५ रनले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित १३ ओभरको खेलमा सवै विकेट गुमाई ७१ रन बनाएको थियो । ग्रिनल्याण्डका अमित चौधरीले सर्वाधिक ११ रन बनाए। अर्किडका नागेश्वर यादवले ३ विकेट लिए ।
जवाफमा ७२ रनको चुनौती पाएको अर्किडले निर्धारित पुरै ओभर खेल्दै ९ विकेट गुमाई ५६ रनमा सिमित भयो। अर्किडका रन्धिर कामतले १६ रनको योगदान दिए। ग्रिनल्याडका फैजल अन्सारी ४ विकेट लिए। उनी खेलको प्लेयर अफ म्याच भए ।
दोस्रो खेलमा सेन्ट जोसेफ कलेजले ग्यालेक्सि पब्लिक स्कुललाई वाक ओभरमा पराजित गरेको छ। खेल शुरु हुने समयमा ग्यालेक्सिका खेलाडीहरुको डकुमेन्ट ल्याउन नसकेको कारणले सेन्ट जोसेफ कलेज विजयी भएको एम्पायरले घोषणा गरे ।
आजै विराटनगरस्थित दिल्ली पब्लिक स्कुलको मैदानमा सम्पन्न कवड्डीको पहिलो खेलमा विराट क्याम्पसले नेशनल एकाडेमीलाई ५१-४ को स्कोरले पराजित गरेको छ ।
दोस्रो खेलमा मोडर्न एरा स्कुलले विकेभिएम स्कुललाई ६४-२३ को स्कोरले पराजित गरेको छ ।
तेस्रो खेलमा ग्रिनल्याण्ड कलेजले अरनिको कलेजलाई ३७-२९ को स्कोरले पराजित गरेको छ ।
चौथो खेलमा शिक्षदिप कलेजले शिक्षा सन्देश कलेजलाई वाक ओभरमा पराजित गरेको छ । समयमा शिक्षा सन्देश मैदान प्रवेश नगरेपछि खेल शिक्षादिप वाक ओभरमा विजयी भएको हो ।
