बिराटनगर ब्यान्डिट्स पहिलो संस्करणको फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिग (एनकेएल) मा विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको दिनको पहिलो खेलमा बिराटनगरले धनगढी वाइल्डक्याट्सलाई ४६–३४ ले पराजित गरेको हो । जितसँगै बिराटनगरले पाँच अंक जोडेको छ।

खेल अवधिभर दबाब बनाएको विराटनगरले सुरुवात देखि नै अग्रता बनायो । पहिलो हाफमै धनगढीलाई दुई पटक अल आउट गर्यो । ११-५ स्कोर गर्दा पहिलो पटक र २३-१४ को स्कोरमा दोस्रो पटक अल आउट गर्दा पहिलो हाफमा विराटनगरले २४-१६ को अग्रता बनायो ।

यही लयलाई दोस्रो हाफमा पनि निरन्तरता दिएको बिराटनगरले सहजै खेल ४६-३४ ले आफ्नो पक्षमा पार्यो ।

यसैगरी आजै हुने दोस्रो खेलमा हिमालयन रेइडर्स र जनकपुर नाइट्स भिड्ने छन् । नेपालमा पहिलो पटक जारी फ्रेन्चाइज एनकेएल लिगमा कुल ६ टोलीको सहभागिता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *