युइएफए नेसन्स लिगमा इंग्ल्याण्डले फराकिलो जीत दर्ता गरेको छ ।

सोमबार विहान घरेलु मैदान बेम्ब्लीमा १० खेलाडीमा समेटिएको रिपब्लिक अफ आयरल्याण्डलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

युरो २०२४ को उप विजेता इंग्ल्याण्डले प्रशिक्षक ली कास्लीको अन्तिम खेल सम्झनलायक बनायो । अब इंग्ल्याण्डको प्रशिक्षणको रुपमा थोमस टुचेल रहने छन् ।

पहिलो हाफमा आयरल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै इंग्ल्याण्डलाई रोकेको थियो । तर, दोस्रो हाफको सुरुमै ५१औं लियाम स्केल्सले जुड बेलिंघमलाई रोक्दा फाउल गरेपछि रातो कार्ड पाउँदा आयरल्याण्ड १० खेलाडीमा समेटियो । त्यतिबेला इंग्ल्याण्डले पेनाल्टीको अवसर पनि पायो। कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इंग्ल्याण्डलाई सुरुआती अग्रता दिलाए ।

५५ औं मिनेटमा इंग्ल्याण्डले अग्रता दोब्बर बनाउन सफल भयो । टिनो लिभ्रामेन्टोको डिफ्लेक्टेड क्रसमा आएको बल एन्टोनी गोर्डनले भली प्रहार गर्दै करियरको पहिलो अन्तर्राष्ट्रिय गोल गरे । यसैगरी ५८ औं मिनेटमा कर्नरबाट आएको बललाई कोनर गालाघरले पनि पहिलो गोल गर्दा इंग्ल्याण्ड ३-० ले अघि बढेको थियो ।

ज्यारोड बोवेनले मैदान प्रवेश गरेलगत्तै ७५ औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डको अग्रता थप मजबुत बनाएका थिए । टेलर हार्बुड-बेलिसले पनि आफ्नो डेब्यू खेलमा जुड बेलिङ्घमको क्रसमा हेड गर्दै ७९ औं मिनेटमा टिमका लागि पाँचौं गोल गरेका थिए ।

जितसँगै इंग्ल्याण्ड समूह बीको २ मा १५ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *