पथरी | मोरङको पथरीमा जारी किर्तिपुर खुल्ला नकआउट फुटबल प्रतियोगितामा सिरिजंघा स्पोर्टिङ क्लब सेमिफाइनलमा पुगेको छ ।

शनिबार भएको क्वाटरफाइनल खेलमा सुनौलो कल्याण स्पोटिङ क्लब लाई २-० गोल अन्तरले पराजित गर्दै सिरिजंघाले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।

मोरङको पथरीशनिश्चरे ७ कीर्तिपुरमा भएको खेलमा सिरिजंघाका लागि दुबै गोल निशान राईले गरे । दुबै गोल दोश्रो हाफमा सम्भव भयो । खेलको म्यान अफ द म्याच दुई गोलकर्ता निशान राई घोषित भए ।

आइतबारको खेल चाँदनी युवा क्लब र पुल्चोक फुटवल क्लब बिच हुने छ । न्यु स्टार क्लवले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल कार्तिक ९ गते हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *