नेपाली राष्ट्रिय टोलीका चार खेलाडी एएफसी यु-१७ एसियन कप छनोट वञ्चित भएका छन् ।
टिम म्यानेजर बिजेन्द्र पुडासैनीका अनुसार गत महिना भुटानको थिम्पुमा भएको साफ यु-१७ च्याम्पियनसिपको सर्वाधिक गोलकर्तासमेत रहेका फरवार्ड सुजन डंगोलसहित डिफेन्डरद्वय जीवन गुरुङ तथा शरण एसके र मिडफिल्डर कृष्णबहादुर आले ‘बोन टेस्ट’ मा अयोग्य देखिँदा एसियन कप छनोट खेल्नबाट विञ्चित भएका हुन् ।
भुटानमा सम्पन्न साफ यु-१७ च्याम्पियनसिपको समूहचरणमा सुजनले श्रीलंकाविरुद्ध ह्याट्रिक गरेका थिए। यस्तै, भुटानविरुद्ध ८५औं मिनेटमा निर्णायक गोल गर्दै सुजनले नेपाललाई सेमिफाइनलमा पु¥याएकमा थिए । सोही खेलमा कृष्णले पनि गोल गरेका थिए ।
कतारमा आयोजना हुने एएफसी यु-१७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ । यो समूहमा नेपालसँगै जापान, कतार र मंगोलिया छन् ।
नेपालले आफ्नो पहिलो खेल अक्टोबर २३ मा जापानसँग खेल्नेछ भने दोस्रो खेल अक्टोबर २५ मा आयोजक राष्ट्र कतारसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल मंगोलियासँग अक्टोबर २७ मा खेल्नेछ।
