पथरी | मिक्सेन दासको निर्णायक गोलको मद्धतले भोटेघुम्ती युवा क्लब किर्तिपुर खुल्ला नकआउट फुटवल प्रतियोगिताको क्वाटरफाइनलमा प्रबेश गरेको छ ।

मोरङको पथरीशनिश्चरे ७ किर्तिपुरमा बिहीवार भएको खेलमा न्यु सिरिजंघा फुटवल क्लवलाई १-० गोल अन्तरले पराजित गर्दै भोटेघुम्ती दोस्रो चरणमा प्रवेश गरेको हो । निर्धारित समयमा बिजयी बनेको भोटेघुम्तीले थप गोल गर्न निक्कै प्रयास गरेको थियो ।

शुक्रबार पहिलो चरणको अन्तिम खेलमा सिरिजंघा स्पोर्टिङ क्लब र प्रभात सामुदायिक युवा क्लब भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *