पथरी | पथरीशनिश्चरे ३ को सिरीजंगा स्पोटिङ्ग क्लब किर्तिपुर खुल्ला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

मोरङको पथरीशनिश्चरे ७ कीर्तिपुरमा जारी प्रतियोगिताको शुक्रबार पहिलो चरणको अन्तिम खेलमा प्रभात सामुदायीक क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै सिरीजंगा अन्तिम आठमा प्रवेश गरेको हो ।

जितकालागि सिरीजंगाको तर्फ बाट सञ्जय धिमालले २ र निशान राईले १ गोल गरे । पहिलो हाफमा सञ्जयको गोल मार्फत अग्रता बनाएको सिरीजंगाले दोश्रो हाफमा निशान र सञ्जयले गरेको गोलबाट दुई गोल थप्यो । खेलको म्यान अफ दि म्याच दुई गोलकर्ता सञ्जय धिमाल घोषित भए ।

सोमवारबाट क्वाटरफाइनलका खेलहरु हुनेछन् । पहिलो क्वाटरफाइनल खेल बसन्त युवा क्लब लेटाङ्ग र चाँदनी फुटवल क्लव उर्लावारीबीच हुनेछ । न्यु स्टार क्लवले आयोजना गरेको फुटबल प्रतियोगिताको फाइनल खेल कार्तिक ९ गते हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *