पौडीमा शुभांगीलाई दुई पदक

२०८१, २६ असार मंगलवार २२:१४

विश्व एक्वाटिक दिवसका अवसरमा आयोजित प्रथम नेपाल एक्वाटिक्स च्याम्पियनसिपमा शुभांगी रावलले दुई पदक जितेकी छन् ।

सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा भएको प्रतियोगितामा शुभांगीले महिला ५० मिटर बटरफ्लाइको दुरी ३५.७१ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरि पहिलो पदक प्रप्त गरेकी छन् भने खुल्ला महिला ५० मिटरको दुरी ३२.५८ सेकेन्डमा पूरा गर्दै दोस्रो पदक प्रप्त गरेकी हुन् ।

नेपाल पौडी संघद्वारा आयोजित प्रतियोगितामा ३५१ खेलाडीले विभिन्न ६५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । विभिन्न उमेर समूह र खुल्ला गरी ६५ वटा विधाहरुमा खेलाइएको] प्रतियोगितामा ८ वर्ष मुनिको उमेर समूहमा ६ वर्षका खेलाडी पनि सहभागी रहेका थिए ।

प्रतियोगिताले नेपालमा पौडी खेलाडीहरुलाई सक्षम बनाउन महत्वपूर्ण भूमिका खेलेको शुभांगीले बताइन् । यस्ता किसिमका प्रतियोगिता आगामि दिनहरुमा पनि आयोजना हने अपेक्षया रहेको पनि शुभांगीले बताइन् ।

नेपालमा पौडी पोखरीहरु पर्याप्त मात्रामा छैनन् । अहिले पनि खोलानाला, तालपोखरी नजिक भएका मानिसहरुमा पौडी खेल्ने कलाको केहि मात्रमा विकास भएको देखिन्छ । सिमित मात्रामा पौडी पोखरी र प्रशिक्षणको कमीले नेपालमा सोचे अनुसार पौडी खेलको विकासमा तिब्रता आउन सकेको छैन । यो प्रक्रिया नै विशेषरुपमा पौडी खेलको विकासमा बाधक बनिरहेको छ । पौडी कसैकसैले फुर्सदको समयमा परिवारका सदस्यहरुविच मनोरञ्जनको रुपमा खेल्दै आएका छन् भने कसैले शारिरीक तन्दुरुस्ती र सफल खेलाडी बनि देशको नाम राख्न खेल्ने गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *