काठमाडौं । जेम्स स्कुल धापाखेलद्धारा आयोजित दुईदिने थन्डरबोल्ट्स कप पौडी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ८१ विद्यालयका ३ सय ४५ खेलाडीहरुले भाग लिएका थिए ।

उनीहरुले विभिन्न १० क्याटेगोरीको ७९ इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा यु १८ पुरुषतर्फ जेन्स स्कुलका कल्किन श्रेष्ठ र महिलातर्फ द बृतिश स्कुलकी रोयल प्रजापति उत्कृष्ट खेलाडी घोषित भए ।

त्यसैगरी यु १४ को पुरुषतर्फ जेम्स स्कुलका मायोन श्रेष्ठ र महिलातर्फ सेन्ट म्यारिज सेकेन्डरी स्कुलकी देभान्सी जोशी उत्कृष्ट भइन् ।

यु १२ तर्फ निसर्ग वाटिका स्कुलका साहश शाक्य र महिलातर्फ प्राइम इन्टरनेशनल आइबी स्कुलका इभाना श्रेष्ठ उत्कृष्ट घोषित भए भने यु १० ब्वाइजतर्फ जेम्सका चिराग महर्जन र गर्ल्सतर्फ युरो स्कुलका बेट्टी श्रेष्ठ उत्कृष्ट खेलाडि भए ।

यसैगरी यु ८ मा ब्वाइजतर्फ बृहस्पती विद्या सदनका केवत सिंह र कौतिक शर्मा संयुक्त रुपमा उत्कृष्ट भए भने गल्स तर्फ युनिग्लोब सेकेन्डरी स्कुलकी भीदी गोयल उत्कृष्ट खेलाडी बनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *