नेपालकी पौडी खेलाडी डुवाना लामाले पेरिस ओलम्पिक २०२४ मा महिला २०० मिटर फ्रिस्टाइलमा आइतबार प्रतिस्पर्धा गर्ने भएकी छन्।

उनले नेपाली समयअनुसार दिउँसो ३:४५ बजे फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्न लागेकी हुन्।

यस इभेन्टमा २७ देशका ३१ प्रतिस्पर्धी छन्। हङकङमा अध्ययनसँगै प्रशिक्षण गरिरहेकी डुवाना उतैबाट पेरिस गएकी हुन्। उनले पनि वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकमा आफ्नो स्थान सुरक्षित गरेकी हुन्।

उनले पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा कीर्तिमानसहित नौ स्वर्ण जितेकी थिइन्। २०१९ को १३औं सागमा उनले नेपाललाई दुई सय मिटर ब्याकस्ट्रोक र दुई सय मिटर बटरफ्लाईमा रजत पदक दिलाएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *