सदूरपश्चिम एन्फा महिला लिगमा छनोट

२०८१, १८ बैशाख मंगलवार १५:५२

यशोदाकुमारी चिरालको निर्णायक गोलसँगै सदूरपश्चिम प्रदेश एन्फा महिला लिगमा छनोट भएको छ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा मंगलबार सम्पन्न खेलमा कर्णालीलाई १-० गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम महिला लिगमा छनोट भएको हो।

यशोदाले आठौँ मिनेटमा गरेको गोल नै खेलमा निर्णायक बन्यो। जितसँगै दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले १२ अंक जोड्यो।

शीर्ष स्थानमा रहेको कोशी पनि लिगमा छनोट भइसकेको छ। अब एक टोली लिगमा छनोट हुनेछ।

यी ३ टोलीले विभागीय टोली त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लबको महिला टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *