वडा नम्बर १० ले छैटौं दुहबी मेयर कप फुटबल
प्रतियोगिताको उपाधि जितेको छ ।

दुहबी- ५ स्थित सरस्वती मा. वि.को खेलमैदानमा मंंगलबार सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर १० ले वडा नम्बर ६ लाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै च्याम्पियन बनेको हो । निर्धारित समयमा पनि दुवै टिमको १÷१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरबाट छिनोफानो भएको थियो ।

निर्धारित समयमा वडा नम्बर १० को तर्फबाट कबिन्द्र चौधरीले गोल गरे भने वडा नम्बर ६ बाट वसन्त माझीले गोल गरेका थिए ।

उपाधि सहित वडा नम्बर १० ले नगद १ लाख २५ हजार २ सय २२ रुपैयाँ हात पारेको छ । उपबिजेता बनेको वडा नम्बर ६ ले ७२ हजार २ सय २२ रुपैयाँमा चित्त बुझायो ।

खेलको प्लेयर अफ द म्याच वडा नम्बर १० का प्रलाद चौधरी घोषित भए । उनले नगद २ हजार सहित ट्रफी प्राप्त गरे ।

छैटौं दुहबी मेयर कप फुटबल प्रतियोगिताको उत्कृष्ट गोलकिपर वडा नम्बर १० का युकेश चौधरी, उत्कृष्ट कोच वडा नम्बर १० का शिव प्रकाश चौधरी, उत्कृष्ट मिडफिल्डर वडा नम्बर ६ का आशिष शाह, उत्कृष्ट डिफेन्डर वडा नम्बर ६ का जित नारायण मंंडल र उत्कृष्ट फरवार्ड वडा नम्बर १० का कबिन्द्र चौधरी चुनिए । उनीहरुले पुरस्कारस्वरुप जनही ५ हजार नगद प्राप्त गरेका छन् । वडा नम्बर १० का कबिन्द्र चौधरी र वडा नम्बर ६ का बसन्त चौधरी दुबै जनाले प्रतियोगितामा सार्वधिक (३) गोल गरेका थिए । उनीहरुले संंयुक्त रुपमा नगद ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । फेयर प्ले ट्रफी प्राप्त गरेको वडा नम्बर ११ लाई नगद ५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

प्रतियोगिताको विजेता हुने टिमलाई दुहबी नगरपालिकाका मेयर बेद नारायण गच्छदारले पुरस्कार वितरण गरेका थिए ।वैशाख ६ देखि १७ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा दुहबी नगरपालिकाका कुल १२ वटा वडाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *