इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टोली आर्सनलले बर्नमाउथलाई पराजित गरेको छ । शनिबार भएको दिनको पहिलो खेलमा आर्सनल ३-० ले विजयी भएको हो ।

आक्रामक खेल प्रदर्शन गरेतापनि आर्सनलले अग्रता लिन पहिलो हाफको अन्त्य कुर्नु परेको थियो । बर्नमाउथका गोलरक्षक मार्क ट्राभर्सले काई हाभर्ज माथि फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै बुकायो साकाले खेलमा आर्सनललाई अग्रता दिलाएका थिए ।

७०औं मिनेटमा आर्सनलले अग्रता दोब्बर गर्यो । डेकलान राइसको पासमा लियान्द्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई दुई गोलको अग्रता दिलाए ।

दोस्रो गोलमा असिस्ट गरेका राइसले इन्ज्युरी समयको सातौं मिनेटमा तेस्रो गोल गर्दै आर्सनलको जित सुनिश्चित गरे ।

जित पछि ३६ खेल खेलेको आर्सनलको ८३ अंक भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३४ खेलमा ७९ अंक छ । सिटीले आज १०:१५ बजे वल्भसको सामना गर्नेछ ।

प्रिमियर लिगमा सिटीको खेल अघि ३ खेल ७:४५ बजे सुरु हुँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *