अर्को महिना हुने आईसीसी टी-२० विश्वकप खेल्न नेपाली क्रिकेटको आधा टोली शनिबार राति वेष्टइण्डिजतर्फ जादैछ । बाँकी १२ जनाको टोली आइतबार जानेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति नै नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको थियो । शुक्रबार नेपालले वेष्टइण्डिज ए सँगको पाँचौं तथा अन्तिम टी-२० खेल खेल्दै ६ विकेटको जित हात पारेको थियो । शनिबार राति २ बजे ७ खेलाडी र ४ अफिसियल गरी कतार हुँदै वेष्टइण्डिजतर्फ लाग्नेछन् ।

शनिबार राति जाने टोलीमा ओपनर कुशल भुर्तेल, आसिफ शेख, तीव्र गतिका बलर करण केसी, सोमपाल कामी, अभिनाश बोहरा, स्पिनर ललितनारायण राजवंशी, फिटनेश ट्रेनर अब्दुल सतार, सहायक प्रशिक्षक वसन्त शाही, ब्याटिङ प्रशिक्षक नन्दन फिनिस, म्यानेजर प्रदीप मजगैयाँ र बलिङ प्रशिक्षक रोडिरिक इस्ट्रिक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *