आर्सनल, लिभरपुल, टोटेनहम हटस्पर्स र म्यान्चेस्टर युनाइटेड काराबाओ कपको क्वार्टरफाइनलमा पुगेका छन् ।

बुधबार राति भएको खेलमा आर्सनलले प्रिसटनलाई ३-० ले हराउँदै अन्तिम आठमा स्थान बनायो । उसका लागि गाब्रियल जिसस, इथान न्वानेरी र काई हाभार्जले गोल गरे ।

अर्को खेलमा लिभरपुलले ब्राइटनलाई ३-२ ले हरायो । लिभरपुलका कोडी गाक्पोले २ तथा लुइस डियाजले १ गोल गरे । ब्राइटनका साइमन एडिन्ग्रा र तारिक लम्प्टेले गोल गरे ।

प्रिमियर लिग लिडर म्यानचेस्टर सिटी भने अन्तिम १६ बाटै बाहिरिएको छ। टोटनहामसँग २-१ ले पराजित हुँदै सिटी बाहिरियो । टोटनहामका लागि टिमो वेर्नर र पापे माटर सरले गोल गरे । सिटीका म्याथियस नुनेसले १ गोल फर्काए ।

अर्को खेलमा युनाइटेडले लेस्टर सिटीलाई ५-२ ले हरायो । युनाइटेडलाई जित दिलाउन कासिमेरो र ब्रुनो फर्नान्डिसले समान २ गोल र गार्नाचोले १ गोल गरे ।

यस्तै, न्युक्यासलले चेल्सीलाई २-०, क्रिस्टल प्यालेसले एस्टोन भिल्लालाई २-१, साउथह्याम्प्टनले स्टोक सिटिलाई ३-२ तथा ब्रेन्टफर्डले शेफिल्ड वेड्नस्डेलाई टाइब्रेकरमा ५-४ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए ।

क्वाटरफाइनलमा युनाइटेड र टोटनहम, साउथह्याम्प्टन र लिभरपुल, आर्सनल र क्रिस्टल प्यालेस तथा न्युक्यासल र ब्रेन्टफर्डबीच प्रतिस्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *