मोरङ | जब उनी सिट्टी फुक्दै मैदानमा उत्रिन्छन खेल हेर्न आएका दर्शक परर ताली पिटछन् । उनले खेलाउने गर्ने हरेक म्याचमा दर्शकको बेग्लै ‘क्रेज’ छ । फिफा रेफ्रि श्याम दनुवारलाई धेरै दर्शकले ‘दर्शकका रेफ्रि’ उपनामले समेत चिन्ने गरेका छन् । पुर्वका खेल मैदानमा जब दनुवारको ईन्ट्री हुन्छ तर दर्शक खुसी मात्र हुने हैन खेलाडी समेत अनुशासित भएर खेल्न बाध्य हुने गर्छन ।
श्याम दनुवार खेल र खेलाडीका लागि कडा नियम लागु गर्ने रेफ्रि भए पनी मैदानमा खेलाडीको पिडा बुझ्ने र खेलाडीलाई माया गर्ने उनको ब्यवहारले दशर्कको मन जितेको छ । श्याम मैदानमा उत्रिदा जस्तो ‘क्रेज’ छ उनको सफलतामा त्यतिकै कडा मेहनत र लगनशिलता छ । त्यसमा पननि सुरुवातमा मार्सल आर्टका खेलाडी दनुवारको समय संगै शोख मात्र परिर्वतन भएन उनको खेल जिवनले नै कोल्टे फेर्यो ।
मान्छेले चाहना आफ्नो पृष्ठभूमि अनुसार फरक हुन्छ । फुटवल सिक्दा सिक्दै मार्सल आर्टबाट केरियर सुरु गरि फेरि फुटबल खेलाडी हुँदै सफल फिफा रेफ्रि हुनु र दर्शकको माया पाउनु सानो कुरा हैन । एउटा खेलाडी र फुटबलरको चाहना फुटबलर कै रुपमा विश्राम लिने वा फुटबलकै अन्य क्षेत्रमा रम्ने हुन्छ । केहि पुर्व फुटबल खेलाडीहरु प्राय प्रशिक्षक वा व्यावस्थापक बनेका छन् थोरैले मात्र रेफ्रि रोजेका छन ।
खेलाडीका असीमित चाहना हुन्छ ति कति पूरा हुन्छन, कति पूरा हुँदैन्न । तर झापाका श्याम दनुवारको खेल जिवन भने रोचक छ । सामान्य पृष्ठभूमि हुर्कीएका श्यामले निरन्तरको प्रयास पछि आफ्ना चाहनाहरु एक पछि अर्को पुरा गर्दै आएका छन् । यही तथ्यले नेपाली फुटबलका लागि उनी कति महत्वपूर्ण छन, उनको योगदान कति छ थाहा हुन्छ । यहि तथ्यले के पनि प्रमाणित गर्छ भने उनले यति धेरै लामो समय नेपाली फुटबलमा रहन कडा मिहिनेत गर्ने पुर्वकै सबै भन्दा अनुभवी रेफ्रि हुन ।
झापाको विर्तामोड शनिश्चरे र अर्जुनधारामा खेलकुदको क्रेज थियो । झापाको अर्जुनधाराका दनुवार त्यही खेलकुदको माहोलमा हुर्कीएका थिए । दनुवारको घर छेउमा रहेको शनिश्चरे डोजोमा कराते सिक्न साइकल चडेरै वुधबारेबाट खेलाडी आउने गर्थे । घर नजिकैको प्रशिक्षण स्थलमा दनुवारलाई कराते खेल्न र सिक्न समय लागेन । स्कुले साथीहरु संग सिकेको फुटबलको सिपलाई समेत करातेको अभ्यासले थप मजवुद बनायो । कराते बेलुका सिकेर बिहानको समयमा फुटबलको प्रशिक्षण नियममित जस्तै थियो उनको ।
झापाको अर्जुनधाराका दनुवार अहिले झापाका पहिलो फिफा रेफ्रिका रुपमा रहेका छन् । काठमाडौ कर्म क्षेत्र झापा घर तर पनि उनी झापा र काठमाडौलाई पानी पधेरो बनाएर काम गरिरहेका छन् ।
कुनै बेला झापा मोरङ्गमा फुटबल रेफ्रिका रुपमा चर्चा कमाएका दनुवारलाई आजभोली काठमाडौका मैदानमा अन्तराष्ट्रिय प्रतियोगिता संन्चालन गरिरहेको भेटिन्छन् । खेल क्षेत्र बाटै ससस्त्र प्रहरीको जागीरे बनेका उनमा फुटबल प्रतिको क्रेज कति थियो भने हुँदा खादाको जागीर छोडेर उनी फुटबलको ए डिभिजन लिग खेल्न पुगे ।
करातेका खेलाडी त्यो पनि कराते बाटै सशस्त्र प्रहरीमा जागीरे बनेका उनले फुटबलमा क्यारीयर बनाउने सपना देख्न थाले । आफै संगका साथीको हौसलाले होला सशस्त्र प्रहरीको जागिर छोडेर मछिन्द्र फुटबल क्लवमा आवद्ध भएका उनको खेल जिवन भने त्यति सुखद बन्न सकेन् । उनको जुन पोजिसन थियो त्यो पोजिसनमा अरु २,३ खेलाडी भएपछि लिगमा उनको उपस्थीती प्राय बेन्चमा हुन्थ्यो । त्यस माथी आर्मीको लागी उत्रिएका उनी खुट्टाको चोट बोक्न पुगे ।

एक सिजन मछिन्द्रामा बिताएका उनी त्यस पछि झापा नै फर्किए । नियमित लिग सञ्चालब नहुँदा प्राय धेरै खेलाडी फुर्सद थिए । उनी पनि त्यसमा अपवाद वन्न सकेनन् । २०६८ सालमा झापामै रेफ्रि बन्न चाहनेका लागी तालिम आयोजना हुने भयो । सक्रिय खेल जिवनबाट विश्राम लिएर मैदानमा खेलाडीका जज बन्ने निर्णयमा पुगे उनी । त्यस पछि उनी अहिले मैदानमा कहिले सिट्टी फुक्दै हुन्छन त कहिले फोर्थ अफिसियलका रुपमा खेलको सम्पुर्ण विवरण तयार गरिरहेका भेटिन्छन् । कहिले झण्डा बोकेर बोर्डरलाइन वरीपरि कुदीरहेको भेटिन्छन् ।
निरन्तरको मेहनत र परिश्रमले २०२३ वाट भने दनुवारले अन्तराष्ट्रिय फुटवल म्याच खेलाउने लाइसेन्स अर्थात फिफा रेफ्रिको व्याच पहिरिन पुगेका छन् । यो उनको जिवनको सबै भन्दा ठुलो सपना थियो । ‘मेरो सपना बिस्तारै पुरा हुँदै थियो त्यो दिन मेरो जिवनकै सवै भन्दा महत्वपुर्ण दिन थियो’ उनले भने ‘यहि दिनका लागी मैले मेरा धेरै कुरा गुमाएको थिए’ ।
अहिले पनि उनको मेहनत कम छैन । मोफसलबाट फुटबलको फिटनेस गर्न होस वा कुनै परिक्षा दिन उनी झापावाट मोटरसाइकलमै काठमाडौं पुग्छन् । अहिले त काठमाडौमा एन्फाले उपलव्ध गराएको कोठा छ । पहिला त साथीहरुकैमा वसेर गुजारा गर्नू पथ्र्यो । रेफ्रि भएपछि दाम कमाउन नसके पनि दर्शकको मायामा उनी सन्तुष्ट छन् । रेफ्रि नभएको भए अहिले कुनै विदेशी मुलुकमा श्रम गरिरहेको हुन्थे कि तर जुन कुरामा आफु लागीन्छ त्यसमा अठोट गरेर लागे पक्कै एक दिन सफलता प्राप्त हुन्छ भन्ने मान्यता उनमा छ ।
फुटबल खेल्न थालेको २ दशक पछि श्यामले फिफा रेफ्रिको स्थान हासिल गरेका हुन । फिफा रेफ्रिको व्याच पाउँदा उनीलाई थप जिम्मेवारी बडेको छ । हिजो फुटबल खेलाडीका रुपमा एउटा टिमलाई जिताउनु पर्ने वाध्यता थियो भने अहिले रेफ्रिका रुपमा खेललाई नै जिताएर दर्शकलाई समेत मनोरञ्जन दिलाउनु पर्ने जिम्मेवारी छ । खेलाडी हुँदै रेफ्रि बनेका उनी अहिले झापा रेफ्रि संघका जिल्ला अध्यक्ष समेत हुन् । नेपालमा फुटबलको सम्भावना हुँदा पनि खेलाडी टिकाउन समस्या भइरहेको उनको भनाइ छ । तर निरन्तर मेहनत गर्ने हरु मैदानमा चम्किन सक्छन र नयाँ प्रतिभा मैदानमा उत्रिन सक्छन् भन्ने ठम्याइ समेत उनको छ ।
उनले सञ्चालन गरेका फुटबल प्रतियोगितामा भने दर्शकले निक्कै उत्साहका साथ दर्शकका रुपमा सहभागी हुन्छन भने खेलाडीलाई पनि श्यामको खेल खेलाउने कौशल मन पर्ने गरेको बताउछन । नियमित खेल नहुँदा भएका रेफ्रिलाई समस्या भएपनि मोफसलमा हुने प्रतियोगीताले फुटबल खेलाडी देखी फुटबलका रेफ्रिलाई समेत भरथेक गरेको उनी बताउँछन् ।
