डेढ घण्टा अघिनै भरियो रंगाशाला

२०८१, १४ कार्तिक बुधबार १७:३१

साफ महिला फुटबल च्याम्पियनसिप प्रतियोगिताको फाइनल खेल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्शक ओइरिएका छन् ।

नेपाल र बंगलादेशबीच साँझ साढे ६ बजे सुरु हुने खेलका लागि डेढ घण्टा पहिला नै दर्शकहरू रंगशाला पुगिसकेका छन् । अहिले नै रंगशाला भरिएको छ । हजारौं मानिसहरू रंगशाला बाहिर छन् ।

खेलको तयारीका लागि नेपाली खेलाडीहरू मैदान आइसकेका छन् । यो खेलमा एक गोल मात्र गरे पनि नेपालकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले साफमा नेपालका लागि सर्वाधिक गोल गर्ने पूर्व कप्तान अनु लामाको रेकर्ड ब्रेक गर्नेछिन् । लामाको नाममा २१ गोलको रेकर्ड छ ।

सेमिफाइनलमा भारतलाई पाखा लगाउँदै नेपाल फाइनलमा पुगेको हो भने साविक विजेता बंगलादेशले भुटानलाई पाखा लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *