हिराकुमारी भुजेल र दीपा शाहीले साफ महिला च्याम्पियनसिप २०२४ गुमाउने भएका छन् । भुटानविरुद्धको समूहचरणको पहिलो खेलमा दुवैले घुँडाको चोट बोकेका हुन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङका अनुसार उनीहरू खेल्न सक्ने अवस्थामा छैनन् । ‘टिम डाक्टर र फिजियोले उनीहरूले बाँकी खेल्न सक्दैनन् भन्नु भएको छ। त्यसैले उनीहरूले साफ गुमाउने छन् ।’

लेफ्ट ब्याक हिरा पहिलो हाफको इन्जुरी समयमा मैदानबाट बाहिरिएकी थिइन् । उनको स्थानमा विमला विक मैदान प्रवेश गरेकी थिइन् । मिडफिल्डर दीपा ४६औं मिनेटमा सरु लिम्बूको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । उनी खेलको अन्तिमतिर मैदानबाट बाहिरिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *