रोनाल्डोको गोलमा अल नासरको जित

२०८१, ३ कार्तिक शनिबार ०८:३३

कप्तान क्रिस्टियानो रोनाल्डोले इन्पजुरी पेनाल्टी गोलसँगै अल नासर साउदी प्रो लिग शिर्ष दुईमा उक्लिएको छ ।

अल-शबाब क्लब स्टेडियममा शुक्रबार राति भएको खेलमा घरेलु टोली अल-शबाबलाई नासरले २-१ ले पराजित गरेको हो ।

अल नासरको जितमा एमेरिक लापोर्ट र रोनाल्डोले गोल गरे। खेलको ६९ औं मिनेटमा लापोर्टको गोलमार्फत पाहुना टोली नासरले सुरुआती अग्रता लिएको थियो । तर, ९०औं मिनेटमा नासरका अली अल हसनले आत्मघाती गोल गरेपछि शबाब खेलमा फर्कियो ।

तर, इन्जुरी समयको सातौं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै नासरको जित पक्का गरे ।

जितसँगै नासरले साविक विजेता अल हिलालसँगको अंक दूरी चारमा झारेको छ । जारी लिगमा सात खेलबाट अल हिलाले २१ अंक पुऱ्याएको छ । नासरको भने १७ अंक छ । पराजित शबाबको समान खेलबाट १२ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *