लिड्स युनाइटेडले एनफिल्डमा लिभरपुलसँग गोलरहित बराबरी खेल्दै महत्वपूर्ण एक अंक जोडेको छ । यो नतिजासँगै लिड्सले रेलिगेसन खतरालाई थप कम गराएको छ ।
खेलमा लिभरपुलले धेरै अवसर बनाए पनि गोल गर्न सकेन । ह्युगो एकिटिके, भर्जिल भान डाइक र डोमिनिक सोबोस्लाइले पाएका मौका सदुपयोग गर्न सकेनन् ।
लिड्सका विकल्प खेलाडी डोमिनिक क्याल्भर्ट लुइनले ८१औँ मिनेटमा गोल गरेका थिए । तर अफसाइडका कारण त्यो गोल मान्य भएन ।
रक्षापंक्तिले सशक्त खेल प्रदर्शन गरेपछि लिड्सले १ अंक सुरक्षित गर्यो। लिड्स तालिकाको १६औँ स्थानमा रहँदै रेलिगेसन क्षेत्रको टोलीलाई ७ अंक पछि पारेको छ ।
बराबरीसँगै ३३ अंकका साथ लिभरपुल चौथो स्थानमै कायम छ । चेल्सी तथा म्यानचेस्टर युनाइटेडभन्दा ३ अंक अगाडि छ ।
प्रिमियर लिगमा बिहीवार भएका अन्य ३ खेल पनि बराबरीमा सकिएका छन् । क्रिस्टल प्यालेस र फुलहमले १-१, म्यानचेस्टर सिटी र सन्डरल्यान्डले तथा टोटेनहम र बेन्टफोर्डले गोलरहित बराबरी खेलेका छन् ।
