साउदी प्रो लिगमा अल नासर घरेलु मैदानमा अल–इत्तिफाकसँग बराबरीमा रोकिएको छ ।

यो सिजनका सुरुमा खेलेका दश खेलमा सबैमा जित निकालेको अल-नासर मंगलाबर राति सम्पन्न खेलमा पाहुना टोली अल–इत्तिफाकसँग २-२ को बराबरीमा रोकिएको हो ।

खेलको १६औं मिनेटमा जर्जिनियो वाइनाल्डमले गोल गर्दै अल–इत्तिफाकलाई अग्रता दिलाए । तर जोआँ फेलिक्सले‌ ४७औं मिनेटमा अल-नासरका लागि बराबरी गोल फर्काए ।

त्यसपछि क्रिस्टियानो रोनाल्डोले ६७औं मिनेटमा गोल गर्दै अल नासरलाई २-१ को अग्रता दिलाए । तर टोलीले त्यसलाई जोगाउन सकेन । खेल सकिन १० मिनेट बाँकी रहँदा वाइनाल्डमले फेरि गोल गर्दै खेल बराबरीमा ल्याए ।

यो बराबरीसँगै अल–नासरको सिजनको सुरुवाती १० खेलको जितको यात्रा रोकिएको छ । शीर्ष स्थानको अल नासरले ११ खेलमा ३१ अंक जोडेको छ । समान खेल खेलेको अल- इत्तिफाक १६ अंकका साथ आठौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *