काठमाडौं । एन्फा महिला लिग छनोटमा आर.एस रिसोर्ट एन्ड बिच फुटबल पोखराले विजयी सुरुआत गरेको छ ।
सातोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा शुक्रबार सम्पन्न दिनको पहिलो खेलमा राप्ती फुटबल क्लबमाथि आर. एस रिसोर्ट एन्ड बिच फुटबल क्लब १-० ले विजयी भएको हो ।
आर.एस. रिसोर्टको जितमा इशा चौधरीले गोल गरिन् । उनले ५१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
जितसँगै आर.एस. रिसोर्टले पहिलो खेलमै तीन अकं जोड्दै सुखद सुरुआत गरेको छ। यता राप्तीले भने हारबाट प्रतियोगिताको थालनी गरेको छ ।
