काठमाडौँ । बुटवल लुम्बिनी एफसी महिला फुटबल टिमले एन्फा महिला लिग छनोटमा विजयी सुरुआत गरेको छ ।

सातोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा शुक्रबार सम्पन्न दिनको दोस्रो खेलमा बुटवलले लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टरलाई १-० ले पराजित गरे हो ।

बुटवलको जितमा करुना परियारले गोल गरिन् । उनले खेलको ६३औं मिनेटमा गरेको गोल नै बुटवलको जितमा प्रयाप्त बन्यो । खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

जितसँगै पहिलो खेलबाट बुटवलले तीन अंक जोडेको छ । सोहि समूह बी मा रहेको संकटा फुटबल क्लबको पनि समान अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *