ललितपुर । एन्फा राष्ट्रिय महिला लिग छनोटमा आज(शुक्रबार) पनि दुई खेल हुँदैछ ।

सातोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा हुने दिनको पहिलो खेलमा राप्ती एएफसी र आरबी रिसोर्ट एन्ड बिच फुटबलबीच प्रतिस्पर्धा हुनेछ । खेल अपरान्ह १ बजेबाट सुरू हुनेछ ।

यस्तै, दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीले लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टरसँग खेल्ने छ । यो खेल दिउँसो ४:१५ बजेबाट सुरु हुनेछ ।

छनोट प्रतियोगितामा १४ टोलीको सहभागिता छ । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । प्रतियोगिताबाट कुल पाँच टोली एन्फा महिला लिगका लागि छनोट हुनेछन् ।

सिंगल राउन्ड रोबिनपछि दुवै समूहको शीर्ष स्थानमा रहने टोलीले महिला लिगमा स्थान बनाउने छ । तेस्रो स्थानमा रहने दुई टोलीबीच प्लेअफ खेल खेलिने छ । उक्त खेलको विजेता टिम पनि महिला लिगमा छनोट हुनेछ ।

यसअघि बिहीबार भएको खेलमा छहारी तथा संकटा क्लब विजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *