काठमाडौँ । पहिलो संस्करणको केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा आइतबार दुई खेल हुँदैछ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने दिनको पहिलो खेलमा विराटनगर ब्यान्डिट्स र काठमाडौं माभेरिक्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ ।
जारी प्रतियागितामा दुबै टोली दोस्रो जितको खोजिमा छ । काठमाडौँले पहिलो खेलमा पोखरा लेकर्सलाई हराउँदै विजयी सुरुआत गरेको थियो भने बिराटनगरले हिमालयनलाई हराउँदै विजयी सुरुआत गरेको थियो ।
यस्तै दोस्रो खेल पोखरा लेकर्स र हिमालयन रेडर्सबीच हुनेछ । यो खेल साँझ ६:३० बजेबाट सुरु हुनेछ । नेपालमा पहिलो पटक जारी फ्रेन्चाइज कबड्डी लिगमा कुल ६ टोलीको सहभागिता छ । यी दुवै टोली पहिलो जितको खोजिमा छन् ।
