काठमाडौं । आयोजक रेडियन्ट पब्लिक र पुष्पसदन १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

रेडियन्ट पब्लिकले ज्ञानोदय बाल वाटिकालाई ३४–२२ तथा पुष्पसदनले एलआरआईलाई ४६–१७ ले पराजित गरे । रेडियन्टका सुगम राना मगरले १३ तथा पुष्पसदनका सम्राट लामाले १५ अंक जोडे ।

सिनियर ब्वाइजमै निसर्ग वाटिकाले ग्रिनफिल्डलाई ४६–४५ तथा स्वर्णिमले बाल दीक्षा सदनलाई ३०–२३ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । निसर्गका सचित श्रेष्ठले २२ तथा स्वर्णिमका अमन दासले १६ अंक जोडे ।

सिनियर गल्र्समा रेडियन्ट पब्लिकले द एक्सेल्सियर स्कुललाई १४–७, निसर्ग वाटिकाले एलआरआईलाई २२–७ र रिब्सले ज्ञानोदय बाल वाटिकालाई ३२–२५ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । रेडियन्ट पब्लिककी सेजल रोक्काले ६, निसर्ग वाटिकाकी काभ्या खड्काले १४ र रिब्सकी सुप्रिया मल्लले २० स्कोर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *