महिला बास्केटबल सुरु

२०८३, ९ मंसिर मंगलवार २१:४१

सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबलतर्फ चार वटा खेल सम्पन्न भएका छन् ।

सुर्खेतस्थित कर्णाली प्रदेश रंगशाला हातामा भएको पहिलो दिन मंगलबार भएको खेलमा फुल कोर्ट र थ्री बाइ थ्रीतर्फ समान २–२ खेल सम्पन्न भएको हो ।

फुल कोर्टमा एपीएफ र सुदूरपश्चिम तथा थ्री बाइ थ्रीमा त्रिभुवन आर्मी र बागमती प्रदेशले विजयी सुरुआत गरे । फुल–कोर्टमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ५२–१९ को फराकिलो अन्तरमा पराजित गरेको छ ।

सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच खेल भएको छ । उक्त खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३६–३३ को अन्तरले हरायो ।

थ्री अन थ्रीमा आर्मीले एपीएफ क्लबलाई १७–१२ को अन्तरले पराजित गरेको छ । अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९–६ को अन्तरले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *