प्रकाशपुर (सुनसरी) । सुनसरीको वराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुरमा जारी प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्ड कप रात्रिकालीन फुटबल प्रतियोगितामा गाईघाट युनाइटेड फुटबल क्लब, उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ ।

श्री प्रकाश माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा पाख्रीबास युथ युनाइटेड, धनकुटालाई ६-२ को फराकिलो अन्तरले पराजित गाईघाटले अन्तिम चारको यात्रा तय गरेको हो ।

गाईघाटको जितमा उमेश कार्कीले ह्याट्रिक प्रहार गरे भने आकाश राईले दुई तथा प्रबिन राईले एक गोल गरे । पाख्रीबासका लागि दुबै गोल सन्दिप लिम्बुले गरे ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका गाईघाटका उमेश कार्की ‘म्यान अफ द म्याच’ घोषित भए । उनलाई ट्रफीसहित नगद रु. २,५०० प्राप्त गरे ।

आयोजकका अनुसार भोलिको तेस्रो क्वार्टरफाइनल खेल फेयर फुटबल क्लब, धरान, सुनसरी र एपिएफ क्लब, पकली, सुनसरीबिच हुनेछ ।

प्रकाशपुर युवा जमातको आयोजनामा जारी प्रतियोगितामा पूर्वी नेपालका आठ वटा फुटबल टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल असोज ३१ गते हुनेछ ।

प्रतियोगिताको विजेताले दुई लाख २२ हजार २२२ रुपियाँ तथा उपविजेताले एक लाख ११ हजार १११ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *