काठमाडौं । गण्डकी प्रदेशले राष्ट्रिय गोर्खा खुकुरी मार्सल आर्ट्स च्याम्पियनसिपको उपाधि शनिबार जितेको छ । गण्डकी सर्वाधिक ६ स्वर्ण जित्दै टिम च्याम्पियन बन्यो ।
नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्णसाथ सदूरपश्चिम प्रदेश दोश्रो भयो । तेश्रो स्थानको बागमती प्रदेशले ३ स्वर्ण हात पार्यो ।
टोखामा भएको प्रतियोगिताको पुरुषमा कोशी प्रदेशका जीवन लोहार तथा महिलामा बागमतीकी सरोन पराजुली उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगिताको पुरुष १५–२० केजीमा उज्ज्वल तामाङ, २१–२५ केजीमा ईश्वर सन्ज्याल, २६–३० केजीमा सुयोग गुरुङ, ३१–३५ केजीमा पवन गुरुङ, ३६–४० केजीमा निराजन बोहरा, ४१–४५ केजीमा समित अर्गेजा, ४६–५० केजीमा इशान थापा र ५१–५५ केजीमा योगेश गुरुङले स्वर्ण जिते ।
महिला ३१–३५ केजीमा सुमिका तामाङ, ३६–४० केजीमा भीममेन्दो तामाङ, ४१–४५ केजीमा निमा शाह, ४६–५० केजीमा सुशिला जिरेल र ५१–५५ केजीमा रविना तामाङले पहिलो स्थान हात पारे ।
