काठमाडौं । काठमाडौँको गोल्फुटारस्थित भेलोसिटी एरेनामा आगामी भदौ २२ देखि २८ गतेसम्म ‘कटिया हाउस इन्डोर सुपर लिग सिजन २’ आयोजना हुने भएको छ ।
प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ। उक्त ट्रफीको अनावरण नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले गर्नुभएको थियो ।
प्रतियोगिताका निर्देशक ज्योति भण्डारी र प्राविधिक निर्देशक रवीन्द्र गुप्तका अनुसार यस प्रतियोगिताले राष्ट्रिय स्तरका खेलाडीहरूलाई अफ–सिजनको समयमा पनि आर्थिक र शारीरिक रूपमा सबल बनाउन महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।
कुल ४५ लाख रुपैयाँको अनुमानित लागतमा सम्पन्न हुन लागेको यस प्रतियोगितामा मिक्स्म्याण्डु, विराटनगर बटालियन, काठमाडौँ कैलाश, जनकपुर किङ्स, बुटवल एम्पायर्स, ललितपुर अलस्टार्ज, सुदूरपश्चिम टाइगर्स, लुम्बिनी योर्कर्स, माया हेटौँडा रोयल्स र पोखरा वारियर्स गरी १० वटा टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको विजेता टोलीले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २ लाख रुपैयाँ पाउने छ । यसका साथै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागि एक्स्ट्रिम सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार, एक्स्ट्रिम उत्कृष्ट ब्याटरलाई १५ हजार, एक्स्ट्रिम उत्कृष्ट बलरलाई १५ हजार, एक्स्ट्रिम उदीयमान खेलाडीलाई १० हजार रुपैयाँ र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई रिबन इन्टरटेनमेन्ट मिसेस नेपाल वल्र्ड २०२६ प्लेयर अफ द म्याच पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताको मुख्य शीर्षक प्रायोजक ‘कटिया हाउस’ रहेको छ भने सह–प्रायोजकका रूपमा ’रिबन इन्टरटेनमेन्ट मिसेस नेपाल वल्र्ड २०२६’ र सहयोगी संस्थाका रूपमा ’प्यारो घर’ रहेका छन् ।
त्यसैगरी इनर्जी पार्टनरका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक, प्रसारण साझेदारका रूपमा कान्तिपुर म्याक्स एचडी, दुईपांग्रे सवारी साझेदारका रूपमा पल्सर, र पेयजल साझेदारका रूपमा रिवा नेचुरल स्प्रिङ वाटर रहेका छन् ।
प्रतियोगिताको आधिकारिक भोजन साझेदार लोकल थकाली, स्वास्थ्य साझेदार चिरायु नेसनल हस्पिटल, यात्रा साझेदार रिजेन्सी ट्राभल्स एन्ड टुर्स, तस्बिर तथा भिडियो साझेदार अक्टोपस मिडिया, आतिथ्य साझेदार अनमोल बैंक्वेट, आवास साझेदार मनाङ होटेल एन्ड स्पा, शिक्षा साझेदार टेकस्पायर कलेज, युवा विकास साझेदार अपी स्कुल र आधिकारिक तथा तालिम साझेदारका रूपमा माया स्पोट्र्स सेन्टर रहेका छन् ।
