काठमाडौं । नेपालको रग्बी क्षेत्रको चर्चित गोर्खाली रग्वी क्लबको छैटौ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
गोर्खाली रग्वी क्लबका अध्यक्ष रोहित कार्कीको सभापतित्वमा भएको साधारण सभाको राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव तथा एसिया रग्बी महासंघका उपाध्यक्ष टंक लाल घिसिङले उद्घाटन गरेका थिए । सो अवसरमा प्रमुख अतिथि घिसिङले कुनै पनि खेलको मेरुदण्ड भनेकै क्लब रहेको बताउँदै गोर्खाली क्लबको सकृयताको प्रसंशा गरेका थिए ।
विभागिय टोली बाहेक गोर्खाली क्लब नेपालको सबैभन्दा चर्चित रग्बी क्लबमा गनिन्छ । साधारण सभामा क्लबका सचिव प्रेम कोइरालाले आगामी वर्ष विभिन्न स्कुलहरुमा प्रशिक्षण अभियान चलाउने, गोर्खाली रग्वी सेभेन्स प्रतियोगिताको आयोजना गर्ने, गोर्खाली रग्वी फेस्टिबल सञ्चालन गर्ने लगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने योजना पेश गरेका थिए ।
त्यसैगरी साधारण सभाले सन्तोष श्रेष्ठ, तारा तामाङ तथा विवेश बाशु लाई कार्यसमितको नयाँ सदस्यमा नियुक्ती गरेको छ । साधारण सभामा नेपाल रग्वी संघका अध्यक्ष दिपक देबकोटाले क्लबको प्रसंशा गर्दै रग्बी विकासमा थप सकृय रहन शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतन राजगिरी तथा महासचिव गोविन्द घिमिरे,कोषाध्यक्ष दिपक अधिकारी, लगाएत रग्वी एजुकेटर टंकराज गिरी, गोर्खाली रग्वी क्लबका उपाध्यक्ष कृष्ण क्षेत्री, सार्दुल श्रेष्ठ, कोषाध्यक्ष श्रीराम श्रेष्ठ लगाएत क्लबका सदस्य राधिका शाक्य, ज्योती श्रेष्ठ बागमती प्रदेश रग्वी संघका सचिव अनन्त श्रेष्ठ लगाएत विभिन्न क्लब तथा प्रदेशबाट प्रतिनिधिहरुको क्लबका खेलाडीहरुको सहभागीतामा रहेको थियो ।
