काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को पहिलो दिनको टिकट बिक्रीबाट संकलित ५ लाख ९० हजार १५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार, उपचार र पुनर्स्थापनामा सहयोग गर्ने उद्देश्यले आयोजकले पहिलो दिनको टिकट बिक्रीको सम्पूर्ण रकम कोषमा दिने प्रतिबद्धता जनाएको थियो ।

केडिया ग्रुपका अध्यक्ष विमलकुमार केडियाले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *