काठमाडौं । मधेस वारियर्सले नेपाल भलिबल लिग (एनभीएल) मा पहिलो जित दर्ता गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मधेसले खप्तड फाल्कोन्सलाई सोझो सेटमा निरास बनाएको हो ।

मधेसले खेल २५–२१, २५–२०, २५–२३ ले आफ्नो पक्षमा पार्‍यो ।

पहिलो जितसँगै मधेसले चार खेलबाट चार अंक जोडेको छ ।

यसअघि टोली सगरमाथा स्म्यासर्स, काठमाडौं रेड्स र अन्नपूर्ण स्पाइकर किंग्ससँग पराजित भएको थियो ।

लगतार तेस्रो हार व्यहोरेको खप्तड बिनाअंक पुछारमा छ । खप्तडले यसअघि सगरमाथा र कर्णाली शिवराजसँगको खेल गुमाएको थियो ।

अब खप्तडले बुधबार अन्नपूर्ण र मधेसले बिहीबार कर्णालीको सामना गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *