ज्ञान संस्कारलाई सफलता

२०८३, २६ भाद्र शुक्रबार २२:१४

काठमाडौं । ज्ञान संस्कार इन्टरनेसनल स्कुलले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार जित हात पारेको छ ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा ज्ञान संस्कारले पारमाउन्ट एकेडेमीलाई १४–८ ले पराजित   ग¥यो । ज्ञान संस्कारकी जिनु वज्राचार्यले ९ स्कोर गरिन् । सोही स्पर्धामा न्युटनले वेदव्यासलाई ३१–१५ तथा केभीकेएसएसले ग्रिनल्यान्डलाई ३३–२२ ले हराए । न्युटनकी इरिने राणाले ११ तथा केभीकेएसएसकी पूजा वाइबाले १० अंक जोडे ।

सिनियर ब्वाइजमा जेबी स्कुलले टीआईएलाई ४३–३५, हिमालयले वेदव्यासलाई २५–२२, न्युटनले ग्रिनल्यान्ड ‘बी’ लाई ४०–२८, बीएमसीएले नेचरलाई ३०–२० र किङडमले प्रारम्भ वल्र्डलाई ३०–२१ ले पाखा लगाए । जेबीका दिपेश सुनारले १३, हिमालयका स्लोक खड्काले १३, न्युटनका युनिक कार्कीले ७, बीएमसीएका विमल गुरुङले १४ र किङडमका अनिश लामाले ९ अंक बटुले ।

जुनियर ब्वाइजमा बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले हिमालयलाई १५–९, जेबीले न्युटनलाई ३४–१७, ग्रिनल्यान्डले ओडिसी इन्टरनेसनल एकेडेमीलाई १२–७ र पारामाउन्टले ज्ञान संस्कारलाई १५–८ ले पन्छाए । बीएनएका आयुश गौतमले ७, जेबीका रुपेश तामाङले १०, ग्रिनल्यान्डका सौरव चौधरीले ६ र पारमाउन्टका शंकर तामाङले १३ अंक जोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *