साविक विजेता अल नासरले साउदी प्रो लिगको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ । नियमित कप्तान क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको अल नासरले पहिलो खेलमा अल फतेहमाथि ३–० को सहज जित निकालेको हो ।
अल नासरको जितमा एन्जेलो गाब्रिएल, जोआओ फेलिक्स र सामु कोस्टाले गोल गरे ।
खेलको ३७औँ मिनेटमा एन्जेलो गाब्रिएलले गोल गर्दै नासरलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि फेलिक्सले गोल थपेपछि पहिलो हाफमै अल नासर २–० ले अघि रह्यो ।
दोस्रो हाफमा पनि अल नासरले आफ्नो दबदबा कायम राख्यो । ७३औँ मिनेटमा सामु कोस्टाले गोल गर्दै टोलीको जित ३–० ले सुनिश्चित गरे ।
रोनाल्डोको अनुपस्थितिमा मैदान उत्रिएको अल नासरले तीन अंकसँगै उपाधि रक्षा अभियानको सुखद सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो एक खेलसकिँदा नासर शीर्ष स्थानमा छ ।
