बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । फाइनलमा बोरुसिया डर्टमन्डलाई २–१ गोलले पराजित गर्दै बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि १२औँ पटक जितेको हो ।

डर्टमन्डको घरेलु मैदानमा भएको खेलमा बायर्नले २८औँ मिनेटमा नाथानियल ब्राउनको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा माइकल ओलिसेले गोल थपेपछि बायर्न २–० ले अघि बढ्यो ।

दोस्रो हाफमा डर्टमन्डले खेलमा फर्कने प्रयास गर्दै ७५औँ मिनेटमा फाबियो सिल्भाको गोलमार्फत अन्तर २–१ मा झारेको थियो । तर त्यसपछि थप गोल हुन नसक्दा बायर्नले उपाधि जित्यो ।

खेलको अन्तिम मिनेटमा डर्टमन्डका रामी बेन्सेबैनी रातो कार्ड पाएर मैदानबाट बाहिरिए। यससँगै बायर्नले नयाँ सिजनको पहिलो आधिकारिक उपाधि जित्दै उत्कृष्ट सुरुवात गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *